किशोरीलाई बलात्कार प्रयास गर्ने युवक पक्राउ
राँझा । विद्यालयबाट घर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनैद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किरहेका अवस्थामा डर धम्की देखाइ स्थानीय एक होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरेपछि युवकले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए ।
जुनियादको आक्रमणबाट गम्भीर घाइते भएकी ती किशोरीलाई नेपालगञ्जस्थित बालबालिकासम्बन्धी काम गर्ने संस्थाको सेल्टरमा राखेर उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । बालिकालाई बलात्कार–हत्या प्रयास गरेपछि जुनियाद फरार थिए ।
नेपालगञ्जबाट भागेर भारत पुगेका हल्वाइलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा मङ्गलबार पक्राउ गरेर ल्याएको प्रहरी उपरीक्षक रानाले बताए । प्रहरीले आज पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरेको हो ।
किशोरीमाथि भएको बलात्कार–हत्या प्रयासका दोषीलाई पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नागरिक समाज, अधिकारकर्मी, विभिन्न संस्थाले आवाज उठाउँदै आएका थिए । घटनापछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा बलात्कार र हत्या प्रयास गरेको जाहेरी दिएको प्रहरी उपरीक्षक रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिन उपराष्ट्रपति यादवको आग्रह
-
पत्रकार महासंघको २७ औँ महाधिवेशन : १८ बुँदे काठमाडौँ घोषणापत्र जारी
-
प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो : प्रधानमन्त्री प्रचण्ड
-
सागरलाई लगातार विकेट, नेपाललाई तेस्रो सफलता
-
सागरले नै दिलाए नेपाललाई दोस्रो सफलता
-
युद्धविराम वार्ता पुनः सुरु गर्न हमासको प्रतिनिधिमण्डल कायरो जाने