सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप ३४ लडाकू मारिए

एजेन्सी । अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीका क्रममा थप ३४ लडाकूको मृत्यु भएको छ । तालिबान लडाकू विरुद्ध जारी राखिएको सुरक्षा कारबाहीका क्रममा देशको दक्षिणी कान्दाहार प्रान्तमा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ ।
लडाकू विमानसमेत परिचालन गरेर गरिएको सुरक्षा कारबाही अर्घान्डाब, पन्ज्वाय, झारी र स्पिन्बोल्डाक जिल्लामा भएको थियो । सुरक्षा कारबाहीका क्रममा अरू नौ जना घाइते पनि भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थलबाट लडाकूहरूले प्रयोग गर्ने गरेको आठ मोटरसाइकल, केही हतियार तथा विस्फोटक पदार्थसमेत बरामद गरेका छन् । घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक नभएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’
-
‘कतारमा राजनीति र समाजसेवीको नाममा ठगीका गिरोह सक्रिय छन्’
-
नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
-
इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास