बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नयाँ सरकार बनाउनेबारे दलहरुको आ-आफ्नै अडान

बुधबार, ०४ चैत २०७७, २० : ३७
बुधबार, ०४ चैत २०७७

विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दोहोर्याएका​ छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पारे । अहिले काँग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा काँग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको उनको भनाइ छ । 
    
नेकपा (एमाले) का नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग भएपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पार्नुभयो ।

उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे । 
    
नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीका लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर हुने बताए । दलका नेताको झै–झगडामा कारण देश समस्यामा परेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप