शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा आठ लाखले लगाए कोरोनाको खोप

बुधबार, ०४ चैत २०७७, १९ : ३८
बुधबार, ०४ चैत २०७७

एजेन्सी । श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसविरुद्धको खोप आठ लाखभन्दा बढीले लगाएका छन् । स्वास्थ्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो । 
खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपङ्क्तिमा रहेर काम गरेकाहरूलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ । खोप लगाउने वृद्धवृद्धाको दैनिक सङ्ख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये श्रीलङ्कामा अहिलेसम्म ५३४ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्क छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप