शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा एक युवकको हत्या

बुधबार, ०४ चैत २०७७, १८ : २४
बुधबार, ०४ चैत २०७७

बुटवल । रोल्पामा एक युवकको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ चावाङका ३० वर्षीय वीरेन्द्रप्रकाश गिरीको अपरिचित समूहले हत्या गरेको प्रहरीले जनाएको छ । 

हाम्जा खोला नजिकै धारिलो हतियार प्रयोग गरी हत्या भएको र त्यस समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँ, प्रहरी चौकी इरिवाङ र प्रहरी चौकी पाछाबाङबाट टोली खटाइ अनुसन्धान भइरहेको पनि डीएसपी सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप