शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले चक्रवर्ती बादशाह बन्ने सपना देखेः बाबुराम भट्टराई

बुधबार, ०४ चैत २०७७, १३ : ३९
बुधबार, ०४ चैत २०७७

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रवर्ती बादशाह बनिरहने सपना देखेको आरोप लगाएका छन् । अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधन श्रोत कब्जा गर्न लागेको दाबी गर्दै सो आरोप लगाएका हुन् । 

चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेखिएको बताउँदै भट्टराईले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् - ‘राज्यका सबै अंग र साधन श्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र संविधानको रक्षा गर्न चुक्यौँ भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप