प्रेम प्रस्ताव अस्वीकार गर्ने किशोरीमाथि बलात्कार-हत्या प्रयास गर्ने युवक पक्राउ

काठमाडौं । प्रेम प्रस्ताव अस्वीकार गरेपछि १५ वर्षीय किशोरीलाई बलात्कार र हत्या गर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका स्थित एक सामुदायिक स्कुलमा ९ कक्षामा पढ्ने किशोरीलाई जुनियद अन्सारीले बलात्कार र हत्याको प्रयास गरेका थिए । जुनियादलाई नेपाल प्रहरी इन्टरपोलका डिएसपी निशान्त श्रीवास्तव र जिल्ला प्रहरी कार्यालय बाँकेका सई मणि लामिछाने नेतृत्वको टोलीले नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।
माघ १६ मा स्कुलबाट घर फर्किंदै गर्दा २४ वर्षीय जुनियादले बाटो छेकेर नेपालगञ्ज बसपार्कस्थित होटलमा लगेर बलात्कार प्रयास गरेको र त्यसपछि हत्याको प्रयास गरेका थिए । जुनियादको आक्रमणबाट गम्भीर घाइते भएकी बालिका केही दिनअघि मात्र अस्पतालबाट घर फर्केकी छिन् । बालिकालाई बलात्कार–हत्या प्रयास गरेपछि उनी नेपाल भारत सिमानामा लुकेर बसेका थिए । अन्सारी नेपालगञ्ज स्थित घोषीटोलमा बस्थे ।
जुनियादले किशोरीलाई प्रेम प्रस्ताव राखेका थिए । तर, किशोरीले अस्वीकार गरेपछि उनलाई हत्या गर्ने प्रयास गरेको परिवारको आरोप छ । किशोरीको परिवारले जिल्ला प्रहरी कार्यालय बाँकेमा बलात्कार र हत्या प्रयास गरेको जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले भने जुनियाद पक्राउ गरेको कुरा आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?