शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्राध्यापक श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति : प्रचण्ड

मङ्गलबार, ०३ चैत २०७७, २१ : ३२
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राध्यापक माणिकलाल श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति पु¥याएको बताएका छन् । 
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत शोक वक्चव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले परिवारजनमा समवेदना प्रकट पनि गरेका छन् ।

‘नेपालको कम्युनिस्ट आन्दोलनका धरोहर तथा प्राध्यापक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा भएको निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ । प्राध्यापक  श्रेष्ठको निधनले नेपालको सिंगो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दिवंगत प्राध्यापक श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’, प्रचण्डले भनेका छन् । लामो समयदेखि अस्वस्थ रहेका श्रेष्ठको उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप