सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मङ्गलबार, ०३ चैत २०७७, २१ : १७
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौँ । सिन्धुली सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । 

बा.१७ च १११७ नम्बरको जीप करङडाँडा स्थित भोतेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता (डिएसपी)  मनोजकुमार लामाले रातोपाटीलाई बताए ।  

उनका अनुसार  मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ घर भएका ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यस्माली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ छन् । 

बोलेरो चालक ३८ वर्षीय भोज विक्रम थापा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । 

दुर्घटनामा परेर धनबहादुर श्रेष्ठ, शान्तिमाया थिङ, कविता श्रेष्ठ, सुनमाया थिङ, सुकुमाया पुलामी र उनका छोरा दुई वर्षीय रेमन पुलामी घाइते भएका छन् । अर्की घाईते २८ वर्षीय विनिता श्रेष्ठ सहित सवैको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो । कच्ची सडक र ओभरलोडका कारण दुर्घटना भएको बताइएको छ । जिपमा ११ जना सवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप