शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

मङ्गलबार, ०३ चैत २०७७, २० : ००
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा ब्यास्लो न्यान्तीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानसेनापति थापा र न्यान्तीबीच भेटवार्ता भएको हो ।

भेटमा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्धिपक्षीय महत्वका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप