पोखरामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मङ्गलबार, ०३ चैत २०७७, १७ : २६

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार पोखराको सराङकोटस्थित गुम्बा नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार अर्का एक युवक घाइते भएका छन् ।
सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १८ प ४८१४ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्वत कुश्मा नगरपालिका –७ चुवाका ३२ वर्षीय माधव गिरीको मृत्यु गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि सहारा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको वरिष्ठ उपरीक्षक पोखरेलले बताए । मोटरसाइकल पछाडि सवार चुवाका ३२ वर्षीय गोविन्द गिरीको फिस्टेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने