शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइक्यासले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

मङ्गलबार, ०३ चैत २०७७, १७ : ०१
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्योट विनियमावली २०७२’ बमोजिम ‘आइक्यास प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । २०७७ साल साउन ६ गते दर्ता भएको सो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अवको केही दिनमै आफ्नो सेवा सेवाग्राहीहरु माझ ल्याउने भएको छ ।

२५ बर्षीय युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्षसमेत लिएको छ । 
कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र विष्टका अनुसार आइक्यासले सञ्चालन गर्ने आइक्यास मोबाइल एप र आइक्यासको वेव प्लेटफर्ममार्फत मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप