सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बर्षाको फिल्म ‘ए साथी सुन’ को छायाँकन हेटौडाबाट सुरु

मङ्गलबार, ०३ चैत २०७७, १५ : ५५
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौंँ । अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट फिल्मको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै फिल्मको छायाँकन सुरु भएको जानकारी दिएकी छन् । बिना कार्कीको निर्माण रहने फिल्ममा बर्षाको अलवा नव अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहनेछ ।

सस्पेन्स थ्रिल श्रीआइभिएन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म प्रेमकथा र समसामयिक बिषयमा निर्माण हुन लागेको हो । मदनकृष्ण महर्जनको छायाँकन र  ईश्वर घिमिरे प्रोडक्सन रहेको फिल्मका निर्देशक राधव आचार्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप