सेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम खुम्चियो
मङ्गलबार, ०३ चैत २०७७, १५ : ५१
![सेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम खुम्चियो](https://rpcdn.ratopati.com/media/albums/Nepal_Stok_exchange_nepse_kONCD2YSWm.jpg)
काठमाडौं । सेयर बजारमा सामान्य बृद्धि भएको छ । सेयर बजार २.५६ अंकले बढेर २३९१.७४ बिन्दुमा अडिएको छ । कारोबार रकम भने ३ अर्बमा झरेको छ । मंगलबार ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन सातवटा उपसमुहमा बृद्धि छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन बीमातर्फ २३०.२९ अंकको बृद्धि छ भने माइक्रोफाइनान्स समूहमा २७.३६ अंकको बृद्धि छ । सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा छ ।
चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर र खानीखोला हाइड्रोपावर लिमिटेड सबैभन्दा बढी कमाउनेको शीर्ष पाँच नम्बरका कम्पनी हुन् । राष्ट्रिय बीमा कम्पनीको सेयर भने सबैभन्दा बढी गुमाउनेका शीर्ष एकमा परेको छ । कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या