अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

प्योङ्याङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।
उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुबै देशबीचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताएकी छिन् ।
उनले कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरु विघटन गर्ने बारेमा विचार गर्ने बताएकी छन् । उनले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरुको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र अमेरिकाले अरु आक्रामक रणनीति बनाए आफूहरु उत्तर–दक्षिण सैन्य सम्झौतालाई नै खारेज गर्ने स्थितिमा पुग्ने चेतावनी दिए ।
उपनिर्देशक किमले अमेरिकी प्रशासनले उत्तर कोरियाको भावना विपरीत सैन्य सुदृढीकरणलाई मात्र जोड दिए उत्तर कोरिया पनि आफ्नो पक्ष बलियो बनाउनेतर्फ कार्यहरु गर्ने स्पष्ट गरे । उनले उत्तर र दक्षिण कोरियाली जनताको शान्तिको चाहनालाई बेवास्ता नगर्न पनि अमेरिकी प्रशासनलाई आग्रह गरे । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ