मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा ओली पक्षको चियापान, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०३ चैत २०७७, १३ : २९
मङ्गलबार, ०३ चैत २०७७

नेकपा एमालेभित्रको आन्तरिक विवाद चुलिरहेको बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।  चियापान कार्यक्रममा ओली पक्षका नेताहरुको मात्रै सहभागिता रहेको छ भने वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल लगायतको सहभागिता रहेको छैन । खनाल–नेपाल पक्ष चियापान कार्यक्रम बहिस्कार गरेर राष्ट्रिय भेलाको तयारीमा रहेको छ । 

पार्टीभित्रको विवाद सहमति उन्मुख नभएपछि मंगलबार ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रम राखेका हुन् भने माधव पक्षले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप