शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘यदि चैनसँग सुत्न चाहन्छौ भने....’ जो बाइडेनलाई किम जोङकी बहिनीको चेतावनी

मङ्गलबार, ०३ चैत २०७७, १२ : १९
मङ्गलबार, ०३ चैत २०७७

अमेरिकाकी राष्ट्रपति जो बाइडेनलाई उत्तर कोरियाको तर्फबाट चेतावनी आएको छ । उत्तर कोरियाका प्रमुख किम जोङ उनकी बहिनी किम यो जोङले आफूहरुको निद्रा खराब गर्ने कुनै पनि काम नगर्न चेतावनी दिएकी छिन् । रोचक कुरा के छ भने बाइडेन प्रशासनका अधिकारी टोक्यो र सियोल पुगेका छन् । किम यो आफ्ना दाइकी प्रमुख सल्लाहकार पनि हुन् । 

उत्तर कोरियाले बाइडेनको प्रशासनमाथि पहिलो पटक निशाना साँध्दै अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासको निन्दा गरेको छ । किम योले अमेरिकालाई चेतावनी दिँदै भनिन्, ‘चार वर्षसम्म आरामले सुत्नुछ भने आफ्नो देशको भूमिमा बारुदको गन्ध फैलाउन बन्द गर ।’

अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिंकन र रक्षामन्त्री लोयड अस्टिन उत्तर कोरिया र अन्य क्षेत्रीय मुद्दामा जापान र दक्षिण कोरियासँग कुरा गर्नका लागि एशिया गएका छन् । किम यो जोंगले मंगलबार यो बयान जारी गरेको हो । 

किमकी बहिनीको भनाई उद्धृत गर्दै प्योङ्याङको आधिकारिक समाचार पत्र रोदोंग सिनमनले भनेको छ, ‘हामी दक्षिण कोरियाको व्यवहार र उनीहरुको व्यवहारमाथि निगरानी गर्नेछौं । यदि उसको व्यवहार थप उक्साउने खालको भए हामी असाधारण कदम उठाउनेछौं । म यो मौकामा प्रयोग अमेरिकाको नयाँ प्रशासनलाई सल्लाह दिनका लागि पनि गर्न चाहन्छु, जो हामीलाई उक्साउनका लागि निकै आतुर छ ।’

दक्षिण कोरिया र अमेरिकाबीच वार्षिक सैन्य अभियान अघिल्लो वर्ष सुरु भएको थियो जुन बिहिबारसम्म चल्नेछ । यसअघि पनि थुप्रै पटक उत्तर कोरियाले यो सैन्य अभ्यासलाई आक्रमणको तयारी बताइसकेको छ र यसको जवाफ मिसाइल परीक्षण गरेर दिइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप