चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा

person explore access_timeचैत ३, २०७७ chat_bubble_outline0

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । बैँकले भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिम चोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । 

सोमबार एक औपचारिक कार्यक्रमका बीच बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गरे । 
अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाको उपस्थिति रहेको थियो । 

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तीय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्दै बैँकका संचालक समिति अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरूको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिए । 

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार नीजि व्यवसायीहरु रहेको र उनीहरु सबैसँग सहकार्य गर्न सकिने धारणा राखे । 

वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाले आफु विगत १६–१७ वर्षदेखि बैँकको ग्राहक रहेको र अहिले आफ्नै घर आँगनमा बैँकको शाखा खुलेकोमा खुसी व्यक्त गरे । 
 
कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैँकका सिइओ रमेश राज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भुमिका रहने भएकाले एनसीसी बैँकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गरे । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।