मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१४० वर्षकै शक्तिशाली हिम आँधीः ४८ घण्टामा ५ फिट हिउँ, २४ सय उडान रद्द, ३५ लाख प्रभावित

मङ्गलबार, ०३ चैत २०७७, १० : ०८
मङ्गलबार, ०३ चैत २०७७

अमेरिकामा एक महिनाभित्र दोस्रो पटक हिम आँधी आएको छ । यसले पछिल्लो १४० वर्षको रेकर्ड तोडिदिएको छ । कोलोराडो, व्योमिङ्ग र नेब्रास्कासमेत ६ राज्यमा ४८ घण्टामा पाँच फिटसम्म हिउँ परेको छ । यसका कारण ८० भन्दा बढी हाइवे बन्द भएका छन् । दुई दिनमा २४ सयभन्दा बढी उडान रद्द गर्नुपरेको छ । 

साथै करिब ३५ लाख मानिसहरु प्रभावित भएका छन् । मौसम विभागका अनुसार साधारणतया अमेरिकामा मार्चमा नै हिउँ पर्छ । यतिबेला यहाँको तापक्रम १० देखि १५ डिग्रीको बीचमा हुन्छ । तर साइबेरियातर्फ चलेको चिसो हावामा कारण हिउँ परेको हो । तापक्रम माइनस ११ डिग्रीसम्म पुग्यो । यसअघि सन् १८८१ मा २४ इन्च हिउँ परेको थियो । 

बिजुली–पानीको संकट बन्यो हिम आँधीः

अघिल्लो महिना आर्कटिक ब्लास्टका कारण अमेरिकामा १२२ वर्षको सबैभन्दा व्यापक हिम आँधी आएको थियो । यसैकारण टेक्साससमेत १२ राज्यमा भारी हिउँ परेको थियो । आँधीका कारण २१ जनाको मृत्यु भएको थियो जबकी थुप्रै घाइते भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप