शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष चारमा रहने लिभरपुलको आशा कायम

मङ्गलबार, ०३ चैत २०७७, ०८ : ५५
मङ्गलबार, ०३ चैत २०७७

वुल्भरह्याम्पटन वान्डरर्समाथि संघर्षपूर्ण जीत निकाल्दै लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा रहने आशा कायम राखेको छ । पहिलो हाफको इन्जुरी समयमा आफ्नो पूर्व क्लबबिरुद्ध डिएगो जोटाले गरेको एक मात्र गोल निर्णायक बन्यो । गत सेप्टेम्बरमा जोटा वुल्भ्सबाट लिभरपुलसँग अनुबन्ध भएका थिए ।

खेलमा वुल्भ्सका गोलकिपर रुई प्याट्रिसियोको टाउको चोट लागेपछि मैदान छाड्न बाध्य बने । मोहमद शालहलाई गोलगर्नबाट रोक्न खोज्दा उनी कप्तान कोनर कोडीसँग ठोक्किन पुगेका थिए ।

जीतपछि लिभरपुल लिगको छैटौँ स्थानमा उक्लिएको छ । २९ खेलबाट लिभरपुलको ४६ अंक रहेको छ । चौथो स्थानमा रहेको चेल्सीभन्दा ५ अंकले पछि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप