बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याभीको कीर्तिमान बराबरी गर्दा मेस्सीको दुई गोल

मङ्गलबार, ०३ चैत २०७७, ०८ : ३६
मङ्गलबार, ०३ चैत २०७७

लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले हुएस्कालाई ४–१ गोलले हराउँदै स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुनः उक्लिएको छ । खेलमा मेस्सीले ज्याभीले बनाएको बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान पनि बराबरी गरेका छन् । सन् २००४ मा डेब्यू गरेका मेस्सीले बार्सिलोनाका लागि ७६७ खेल खेलेका छन् ।

मेस्सीले खेलको १३ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । एन्टोनी ग्रिजमानले ३५ औँ मिनेटमा अग्रता दोब्बर बनाए पनि पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् हुएस्काले एक गोल फर्कायो ।

तर, दोस्रो हाफको शुरुवातमा नै ओस्कार मिनगुएजाले गोल गर्दै बार्सिलोनाको अग्रता पुनः फराकिलो बनाए । खेलको अन्तिम मिनेटमा मेस्सीले अर्को गोल थपे । बार्सिलोनाका लागि उनको ६६१ औँ गोल थियो ।

३३ वर्षीय अर्जेन्टिनी फरवार्डले बार्सिलोनामा रहँदा १० वटा ला लिगाको उपाधिको साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् । १६ अक्टोबर २००४ मा बार्सिलोनाका लागि पहिलो खेल खेलेका मेस्सीले त्यसयता क्लबसँग ३४ वटा उपाधि जितेका छन् । आइतबार रियल सोसिडाडविरुद्धको खेलमा उनले ज्याभीको कीर्तिमान भंग गर्नेछन् ।

जीतपछि बार्सिलोनाको २७ खेलबाट ५९ अंक रहेको छ र शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा ४ अंकले पछि रहेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ बाट बार्सिलोनाले ला लिगा र घरेलु कप प्रतियोगिता जित्ने आशा कायम राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप