शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट २४ घन्टाभित्र ६४ जनाको मृत्यु

सोमबार, ०२ चैत २०७७, २३ : ३७
सोमबार, ०२ चैत २०७७

लन्डन । बेलायतमा एक महिनाभित्र कोरो संक्रमणबाट ज्यान गुमाउनेको  संख्यामा दैनिक  ७२ प्रतिशतले ह्रास आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले सोमबार सार्वजनिक गरेकको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ६४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यो संख्या अक्टुबर ५ यताको सोमबारहरुमध्यकै सबैभन्दा कम हो । गत हप्ता सोमबार ६५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । हालसम्म बेलायतमा मात्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ५८० पुगेको छ । मृतक संख्याको आधारमा बेलायत सबैभन्दा बहि मृत्यु हुने मुलुकमध्ये विश्वको पाँचौं स्थानमा पर्दछ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित संख्या पनि पछिल्ला दिनहरुमा पाँच हजारको हाराहारीमा रहँदै आएको छ । नयाँ  थपिएका संक्रमितसँगै बेलायतमा  कुल संक्रमितको संख्या ४२ लाख ६३ हजार ५२७ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ८ हजारमा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ११० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ५३१ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

दुई करोड ६० लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ६० लाख भन्दा बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ । सोमबारसम्मको तथ्याँक अनुसार कोरोना विरुद्धको  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ६० लाख ६३ हजार ५०१ पुगेको छ । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ४४ लाख ५३ हजार २२१ जनाले पहिलो डोज लिएका छन् भने १६ लाख १० हजार २८० जनाले खोपको दोस्रो डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप