सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्युचाटारबाट लागु औषधसहित एकजना पक्राउ

सोमबार, ०२ चैत २०७७, २३ : १९
सोमबार, ०२ चैत २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्युचाटारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भएका आङगु शेर्पा छन् । 

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले स्युचाटार बस्ने ३६ वर्षीय आङगु शेर्पाको कोठाबाट २ हजार ३ सय ७५ एम्पुल लागुऔषध बरामद गरेको छ ।  स्युचाटारस्थित उनको कोठाबाट ८ सय ११ एम्पुल डाइजेपाम, ७ सय ८५ एम्पुल फेनेरागन, ६ सय एम्पुल नुर्फिन र १ सय ७९ एम्पुल लुपुजेपाम बरामद गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । आङगुको डेरामा १२ सय एम्पुल नाइटेजेपाम समेत फेला परेको छ । 

लागुऔषध ओसार–पसार गर्न उनले प्रयोग गर्ने बा.८९ प. २३४१ नम्बरको मोटरसाइकल पनि  प्रहरीले बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप