माओवादी मन्त्रीले चिठ्ठी बुझ्न नमानेपछि हुलाकबाट खबर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट मन्त्री भएका सातै जनालाई फिर्ता फिर्ता हुन पत्र पठाएको छ । माओवादी केन्द्रले मन्त्रीहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा तामाङलाई फिर्ता हुन निर्देशनसहितको पत्र पठाएको हो ।
‘सातै मन्त्रीलाई फिर्ता हुन पत्र पठाइएको छ । ६ जनालाई भेटेर पत्र दिइएको छ भने एकजनालाई नभेटेपछि हुलाकमार्फत पठाइएको छ,’ माओवादी केन्द्रीय कार्यलय स्रोतले भन्यो, ‘मन्त्री दावा तामाङलाई हुलाकमार्फत उनको मन्त्रालयमा पत्र पठाइएको हो ।’तर सोमबारसम्म कसैले पनि जवाफ पठाइ नसकेको बुझिएको छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री बनेका संघीय मन्त्रीलाई फिर्ता बोलाउने र सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबार बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीहरुलाई स्पष्टिकरण सोधेको र समयभित्र जवाफ नआए सोही अनुसार अघि बढ्ने बताएका थिए । माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
यसैबीच एमालेतिर लागेका प्रभु साह लगायतका केही मन्त्री पुन माओवादीमै फिर्ता हुने तयारीमा लागेका छन् । साह लगायतका अन्य ३ जना मन्त्रीहरुले फिर्ता हुनेबारे माओवादी नेतृत्वसँग विभिन्न चरणमा छलफल गरेको बुझिएको छ । मन्त्री साहले पनि फिर्ता हुनेबारे नेताहरुसँग कुराकानी भएको स्वीकार गरे । उनले भने, ‘फिर्ताबारे कुराहरु भइरहेको छ । अहिले सकारात्मक ढंगले कुरा भएको मात्र भन्न सकिन्छ ।’ मन्त्री साह पछिल्लो पटक एमालेको ओली पक्षले बोलाएको बैठकमा समेत सहभागी भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ
-
प्रदेश खेलकुद विकास संशोधन विधेयक प्रमाणीकरण
-
प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौँ : मुख्यमन्त्री शाह
-
जात–जातमा फाटो ल्याउने कानुन बनाएर राणाशासकको अत्याचार र प्रजातन्त्रको आधार
-
सानिमा बैंकले गर्यो १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर
-
अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्यो भिडियो