विवाह गर्छु भनेर किशोरी बलात्कार गर्ने युवक पक्राउ
सोमबार, ०२ चैत २०७७, १८ : ०८
![विवाह गर्छु भनेर किशोरी बलात्कार गर्ने युवक पक्राउ](https://rpcdn.ratopati.com/media/albums/ramesh-hajara_Xsu7adeZF9.jpg)
काठमाडौं । विवाह गर्छु भनेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उप–महानगरपालिका–१० घर भएका रमेश हजरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई पक्राउ गरेको हो । ३० वर्षीय पासवानले वीरगन्जकी १७ वर्षीय किशोरीलाई ‘विवाह गर्छु’ भन्ने विश्वास दिलाएर पटक–पटक बलात्कार गरेको बताइएको छ ।
वीरगञ्जस्थित एउटा लजमा लगेर उनले किशोरीलाई पटक–पटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओम प्रकाश खनालले रातोपाटीलाई बताए । किशोरीसँग प्रेमको बहाना बनाएर नजिकिएका रमेश आफ्नो स्वार्थ पुरा भएपछि सम्पर्कमा आउन छाडेका थिए । अनि, किशोरी प्रहरीको सम्पर्कमा गएकी हुन् । किशोरीको तर्फबाट आमाले फागुन २१ मा पर्सा प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो