इजरायलबाट पाटन अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण

ललितपुर । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा.रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गरे ।
सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल कोरोनाको उपचार र नियन्त्रणमा अग्र स्थानमा रहेर पाउँदा सहयोग गर्न लागिएको बताए । अस्पतालका निर्देशक डा.शाक्यले कोभिडका कारण लगभग १० महिना आर्थिक रुपमा थला परेको अस्पतालले सामग्री पाउँदा थप आवश्यक सेवा दिन सक्ने भएको जनाए ।
एनेस्थेसिया प्रविधि हरेक बिरामीलाई शल्यक्रिया गर्नुपर्दा बेहोश गर्न काम लाग्नाका साथै प्यासेन्ट मनिटर भने बेहोश बिरामीको रक्तचाप, मुटुको चाल तथा श्वासप्रश्वास आदिका बारेमा जानकारी लिन आवश्यक पर्छ । त्यस्तै इलेक्ट्रोकाडियोग्राफ उपकरणले मात्र मुटुको अवस्थाका बारेमा चिकित्सकलाई राम्रो जानकारी दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
-
माओवादी अभियान : यस्ता छन् मोरङमा तय भएका कार्यक्रम
-
लेखक चूडामणि गौतमको निधन
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा