शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारः आइतबार २१ प्रदर्शनकारीको मृत्यु, देशभर ३८ जना मारिएको दाबी

सोमबार, ०२ चैत २०७७, ०९ : ४२
सोमबार, ०२ चैत २०७७

म्यानमारको मुख्य शहर यंगूनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएको खबर छ । यसअघि म्यानमारका नेताहरुको एउटा समूहले अधिकारीविरुद्ध क्रान्तिको कुरा गरेका थिए ।

यद्यपि, द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) को अनुगमन समूहले आइतबार देशभरी कम्तीमा ३८ जनाको ज्यान गएको दाबी गरेको छ ।

समूहले आइतबार यंगूनमा मारिएका २१ प्रदर्शनकारीबाहेक अन्य शहरमा पनि मानिसहरु मारिएको अनुमान लगाएको छ ।

सुरक्षा बललले यंगूनको हलिंग थारयार इलाकामा प्रदर्शन गरिरहेका मानिसहरुमाथि गोली चलाए । यस्तै प्रदर्शनकारीले पनि लठ्ठी र चक्कू प्रयोग गरे ।

चिनियाँ व्यवसायीमाथि हमलापछि सैन्य अधिकारीले क्षेत्रमा ‘मार्सल ल’ को घोषणा गरेका छन् । प्रदर्शन गरिरहेका मानिसहरु अनुसार चीनले सेनालाई समर्थन गरिरहेको छ ।

 फेब्रुअरी १ मा भएको सैन्य कूलगत्तै म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन् ।

फेब्रुअरी १ मा नै म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सूकीसमेत थुप्रै नेतालाई पक्राउ गरेपछि सत्ता आफ्नो हातमा लिएको थियो ।

एनएलडीले अघिल्लो वर्ष भएको चुनावमा ठूलो जीत हासिल गरेको थियो तर सेनाले चुनावमा धोका भएको दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप