शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेर्नुहोस् तपाईंको आजको राशिफल

सोमबार, ०२ चैत २०७७, ०६ : २९
सोमबार, ०२ चैत २०७७

वि.सं. २०७७ साल चैत ०२ गते । सोमबार । इस्वी सन् २०२१ मार्च १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुण शुक्लपक्ष । तिथि– द्वितीया,  २८ घडी ५३ पला,  बेलुकी ०५ बजेर ४९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रेवती, ५४ घडी ०३ पला, रातको ०३ बजेर ४३ मिनेट उप्रान्त अश्विनी । योग– शुक्ल, ०२ घडी ४६ पला, बिहान ०७ बजेर २२ मिनेट उप्रान्त ब्रह्म । करण– कौलव, बेलुकी ०५ बजेर ४९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन ।

काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४९ पला । विश्व उपभोक्ता दिवस ।  धनिष्टा पञ्चक समाप्ति ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखि थाँती रहेको आर्थिक मुद्दा हल भएर जानेछन् । लामो दूरीको विदेश यात्राको सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ । अध्ययनमा मन जानेछ भने मनमा धर्मप्रति आस्था बढ्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) सरकारी तथा पैत्रिक धन सम्पत्ति हातलागी हुने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरुभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारी साधन तथा अन्य सम्पत्तिहरु लाभ हुने योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्य धनसम्पत्ति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । पढाइलेखाइमा उत्कृष्ट नतिजाका साथ सिँढीहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई सफलताको धन कमाउन सकिने समय रहेको छ । प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुनसक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शून्य जस्तै हुनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानी बालुवामा पानी जस्तै हुनेछ । मान, सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । तर पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै क्रममा धार्मिक यात्रा हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) व्यापार व्यावसाय तथा सेयरबजार जस्ता क्षेत्रमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । पुराना तथा बाँकी रहेका काम सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्य धन सङ्ग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिन्छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दिदीबहिनीहरुको सहयोग पाइने हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्य धन तथा धातु सङ्ग्रह गर्न सकिनेछ । पढाइलेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना छ । मायाप्रेममा एकअर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ । भौतिक सम्पत्ति जुट्नुको साथै विलाशी जीवन व्यातीत गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने धार्मिक प्रवित्ति जागृत हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । विद्यार्थीहरुले पढाइलेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । शत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेहुँदा मानसम्मान वृद्धि भएर जानेछ । सुखदुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यी, यु) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा दैनिक कामहरु प्रभावित हुनेछन् । मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले छुट्टिनुपर्ने अधिक सम्भावना छ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला, अप्रिय घट्ना हुन सक्छ । खानपानमा ध्यान दिनुहोला पेटसम्बन्धी समस्या आउन सक्छ । तर पनि पढाइलेखाइमा भनजस्तो प्रगति हुनाले आफन्तहरु खुशी हुनेछन् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) राजनीति तथा समाज सेवामा जनताको समर्थन पाइने हुनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुने समय रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानी  गरी मनग्य लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ । मायाप्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृढ भएर जानेछ । पढ्नेलेख्ने काममा मन जाने हुनाले जीवनमा सफल भएको महसुस हुनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) पराक्रम बढेर जाने हुनाले काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उद्योगमा लगानी बढाई भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला, बोलीको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय आफैलाई आत्मघाती हुनसक्छ । आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । मायाप्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । तर पनि खोज तथा अनुसन्धानमा दिएको समय फलदायी रहनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरुबीच घनिष्टता बढेर जानेछ । दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेको छ ।

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप