राजधानीमा आइओटी प्रदर्शनी जारी

काठमाडौं । गत शुक्रबारदेखि राजधानीमा स्मार्ट रोबटिक आइ.ओ.टी प्रदर्शनी जारी छ । कम्प्युटिङ सोलुसनमार्फत मानव जीवन पद्धतिलाई नै कसरी स्मार्ट र प्रविधिमैत्री बनाउन सकिन्छ ? सो अध्ययनमा लागेको सफ्ट्वरिका कलेज अफ आइटी एण्ड इकमर्सले उक्त आइ.ओ.टी. प्रदर्शनीको आयोजना गरेको हो ।
गत फागुन २८ गते देखि राजधानीको डिल्ली बजारमा जारी उक्त प्रदर्शनीमा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर,स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन, रोबटिक हात लगायत विविध ३० वटा रोबटिक प्रोजेक्टहरूको नमूना प्रदर्शन गरिएका छन् ।
जसमध्ये स्मार्ट अर्थात् अटोनोमस भेइकल नेपालमै पहिलोपटक कलेज स्तरमा निर्माण गरिएको प्रविधि भएको आयोजक सफ्ट्वरिका कलेज अफ आइटी एण्ड इकमर्सले जनाएको छ । यी प्रदर्शनीमा राखिने स्मार्ट सोलुसनका सबै मोड्युलहरु सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ र साइबर सेयक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नै तयार गरेको आयोजक कलेजले जनाएको छ ।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको आयोजकको भनाई छ । त्यसो त बेलायतको कोभेन्ट्री विश्वविद्यालयको आएटी पाठ्यक्रम अध्यापन गराइरहेको यस सफ्ट्वरिका कलेजले बिआएटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।
कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन् भनेर इनोभेसन हबको परिकल्पना गरिएको र आर्थिक अभावको कारण अनुसन्धान कार्यमा असर नपरोस् भनेर कलेजले नै व्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई ५ लाख रुपैयाँसम्म अनुदानको व्यवस्था समेत गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गत शुक्रबारबाट जारी प्रदर्शनी भोलि सोमबारसम्म चल्ने छ भने ४ दिनसम्म चल्ने सो प्रदर्शनीमा ५ हजार जनाले अवलोकन गर्ने आयोजक कलेजले अपेक्षा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तारुढ दलकै छैन साथ, अध्यादेश पास गराउने तयारीमा सरकार
-
जसपा नेपालको महाधिवेशनले कहिले पाउला मान्यता ?
-
आवासीय चिकित्सकहरूलाई सरकारी सरह निर्वाह भत्ता दिन काठमाडौँ विश्वविद्यालयको निर्देशन
-
भूकम्पपछिको पुनःनिर्माणका लागि कहाँ-कहाँ खुल्दैछ प्राधिकरणको अस्थायी कार्यालय ?
-
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
-
नेपाल बारका मतादाता ११ हजार बढी (नामावलीसहित)