हनुमन्ते खोला किनारका पक्की संरचनामा चल्यो डोजर
भक्तपुर । सूर्यविनायक नगरपालिकातर्फ रहेको हनुमन्ते खोला किनारामा बनेका अस्थायी तथा पक्की संरचना डोजर लगाएर भत्काइएको छ । हनुमन्ते खोला करिडोर निर्माणमा अवरोध पुगेको र करिडोरको मापदण्डभित्र पर्ने संरचना भत्काउन सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरी परिचालन गरी आज यहाँका भौतिक संरचना डोजर लगाएर हटाउन शुरु गरिएको हो ।
हनुमन्ते करिडोर निर्माणका लागि भन्दै साख मेटल एन्ड ऐलाइड इन्डष्ट्रिज र नेपाल पेन्ट इन्डष्ट्रिज प्रालिको उद्योगको पर्खाललगायत भौतिक संरचना डोजर लगाएर हटाएको छ । सूर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भए पनि ४० वर्ष पुरानो उद्योगको संरचना सात दिनभित्र हटाउन नसकिने भएको अवस्थामा थप जानकारी नै नगराई अचानक डोजर चलाएर संरचना भत्काएर लाखौँको क्षति पुर्याएको साख मेटल एन्ड ऐलाइड इन्डष्ट्रिजले जानकारी दिएको छ । अदालतमा मुद्दा चलेर विचाराधीन अवस्थामा रहेको बेलामा संरचना भत्काउनु खेदजन्य भएको नेपाली काँग्रेसका नेता निशान ढुङ्गेलले बताए ।
विगतमा भएको सहमति र सूर्यविनायक र मध्यपुरथिमि नगरपालिका एवं उपभोक्ता समितिबीच भएको सहमति कार्यान्वयन गरेर मात्रै करिडोर निर्माण गर्न माग गरे पनि प्रहरी प्रशासनको प्रयोग गर्दै जबर्जस्ती संरचना हटाएको हनुमन्ते खोला करिडोर पीडित सङ्घर्ष समितिका संयोजक ओम श्रेष्ठले बताए । स्थानीय जग्गाधनीले सहमतिअनुसार ल्यान्ड पुलिङ गरेर जग्गा फिर्ता दिनुपर्ने वा जग्गाधनीलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट
-
सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु
-
हेटौँडा-काठमाडौँ सडक सम्पर्क विच्छेद