आइतबार थपिए ५३ जना कोरोना सङ्क्रमित
काठमाडौं । देशभरमा आज ५३ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७७ सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमणमुक्त भएका ७७ गरी आजसम्म दुई लाख ७१ हजार ३२६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार २३१ पुगेको छ ।
काठमाडौँमा १९ नयाँ सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी दुई हजार ६१५ नमूना परीक्षण भएको थियो । हालसम्म २२ लाख १५ हजार ४११ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ७६ हजार ३४ परीक्षण भएको बताइएको छ । कोभिड–१९ कारण हालसम्म देशभरका तीन हजार १४ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भने कोभिडका कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।
हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ४७ रहेको बताइएको छ । सरकारले देशभरमा हाल कोभिडविरुद्धको खोप लगाइरहेको छ । आजसम्म खोप लगाउनेको सङ्ख्या १४ लाख ७७ हजार ७१३ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले किन पाइरहेका छैनन् मासिक तलब ?
-
चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष नेपाल
-
कटहरिया नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला
-
३ पटक उदघाटन भएर थलिएको ‘आयोजना बैंक’ फेरि कार्यान्वयन गर्ने तयारी
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
-
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा