शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लहानमा बम विष्फोट गराउने गोइत समूहका नेतालाई कानुन मन्त्री श्रेष्ठले लगाए फूलमाला

आइतबार, ०१ चैत २०७७, २१ : ३०
आइतबार, ०१ चैत २०७७

सिरहा । जय कृष्ण गोइत नेतृत्वमा रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का पोलिटब्युरो सदस्य रामविलास यादव सार्वजनिक भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिराहामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ समक्ष पोलिटब्युरो सदस्य यादव सार्वजनिक भएका हुन् भूमिगत मोर्चाको नाममा लहानस्थित मालपोत कार्यालयमा कुकर बम विष्फोटको घटना भएको  पोलिटब्युरो सदस्य यादव सार्वजनिक भएका थिए । 

यादवले जय कृष्ण गोइतले अगुवाइ गरेको मोर्चाले नीति अनुसार नचलेकाले आफुले सो मोर्चा परित्याग गर्दै सार्वजनिक भएको उनले बताए ।

उनले भने,  ‘सामाजिक, आर्थिक रूपमा पछाडि पारिएका शोषित–पीडित मधेसी, दलित, आदिवासी जनजातिहरूको मुक्ति तथा राज्यको मुल प्रवाही करणमा समावेश गर्ने उद्देश्य राखी संघर्ष गर्दै आएकोमा म र मेरो पार्टीबाट उक्त उद्देश्य प्राप्त गर्न लिएको नीति तथा क्रियाकलाप गलत हो ।’

मोर्चा परित्यागको घोषणा गरेका यादवमाथि २ वटा बम विस्फोटनमा संलग्न रहेको मुद्दा जिल्ला प्रहरी कार्यालय सिराहामा दर्ता रहेको जनाएको छ । यादवलाई फूलमाला लगाउँदै कानुनमन्त्री श्रेष्ठले सरकारले द्वन्द्वको अन्त्य गर्न खोजेकाले वार्ताको माध्यमले हरेक समस्या समाधान हुने बताए ।

मन्त्री श्रेष्ठले भने,  'मैले गोइतसँग पनि वार्ता गर्न खोजेको हुँ, तर सार्वजनिक हुन उहाँ चाहिरहनु भएको छैन ।' उनले भूमिगत संगठनमा रहेकालाई मूलधारमा आएर शान्तिपूर्ण गतिविधिमा लाग्न अनुरोध समेत गरे । 

मन्त्री श्रेष्ठले गोइत र ज्वाला सिंहलाई पनि वार्तामा आउन आग्रह गरे । आइतबार लहानस्थित मालपोत कार्यालयमा भएको कुकर बम विष्फोटमा परि आधा दर्जनभन्दा बढी घाइते भएका छन् भने सो विष्फोटको​ जिम्मा गोइत समूहले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप