बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको चियापान खनाल - नेपाल पक्षले बहिस्कार गर्ने

आइतबार, ०१ चैत २०७७, २१ : ०६
आइतबार, ०१ चैत २०७७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा केन्द्रीय सदस्यहरुलाई चियापानका लागि निम्तो पठाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आइतबार एमालेका केन्द्रीय सदस्यहरुलाई चैत ३ गते बिहान ११ बजे बालुवाटारमा आयोजना गरिएको चियापानका लागि एसएमएस मार्फत निम्तो पठाएका हुन् । 

तर, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले ओलीको चियापानमा  नजाने निर्णय गरेको छ ।

‘ओलीको चियापान हामी बहिस्कार गर्छौ । हाम्रो पक्षका कोही पनि जाँदैनौ । चियापानमा जानुको कुनै अर्थ छैन’, खनाल-नेपालका एक नेताले रातोपाटीलाई भने, ‘जबसम्म ओलीले एकलौटी गरेको निर्णय खारेज हुदैन तवसम्म उनको निम्तो मान्न जानुको अर्थ छैन ।’

अध्यक्ष ओलीले विधानविपरीत एकलौटी ढंगले खनाल नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि सो समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । 

सोही भेलाको अघिल्लो दिन ओलीले बालुवाटारमा चियापान आयोजना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप