शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल भेट्न प्रचण्ड पुगे नेपाल निवास

आइतबार, ०१ चैत २०७७, १७ : ०५
आइतबार, ०१ चैत २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।  माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलगत्तै अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुगेका हुन् ।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच अहिले छलफल भइरहेको नेपालनिकट स्रोतले जनाएको छ ।  नेताहरुबीच समसामयिक राजनीतिक परिस्थितिका साथै अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल भइरहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप