बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चाको पर्चा

काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोट तराई मुक्ति मोर्चाले गराएको खुलेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चाको पर्चा फेला परेको र त्यसको बारेमा थप अनुसन्धान भइरहेको छ ।
मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समूहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए । विष्फोटमा परेर नायव सुब्बा शिवकुमार यादव गम्भिर घाइते भएका छन् । अरु दुईजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोट गराउनेहरूको खोजी भइरहेको डीआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेसर कुकर बम विष्फोट गराएको थाहा भएको छ । बम विस्फोटबाट घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको र घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?