
श्रमिकहरुले पठाए परिचालन समिति सदस्य

काठमाडौं । पर्यटन व्यवसाय सम्वद्ध श्रमिक संघ संगठनहरुले श्रमिकहरुको तर्फबाट पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष ऋण परिचालन सदस्य पठाएका छन् । लामो समयदेखि पर्यटन बोर्ड र श्रमिकहरूका बीच विवाद रहँदै आएको कोष परिचालनको विषयमा बोर्डले प्रतिनिधि पठाउन पत्राचार गरेसँगै आइतबार श्रमिकहरुले आफ्नो तर्फबाट प्रतिनिधि पठाएका हुन् ।
बोर्डले गत फागुन २८ गते पर्यटन क्षेत्रमा क्रियाशिल ट्रेड युनियन श्रमिक संघ संगठनलाई प्रतिनिधि सदस्य पठाउन पत्राचार गरेको थियो । सोही पत्रलाई आधार मानी श्रमिक संगठनहरुले ‘पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष विनियमावली २०७७’ को विनियम ६ को उपविनियम (१) ले व्यवस्था गरेको ऋण परिचालन समितिको सदस्यको रुपमा अखिल नेपाल पर्यटन मजदूर संघका अध्यक्ष रामचन्द्र ढौनियालाई प्रतिनिधि सदस्यको रुपमा सिफारिस गरि पठाएको जानकारी दिएको छ ।
नेपाल पर्यटन श्रमिक संघ, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ र समाजवादी पर्यटन ट्रेड युनियनले संयुक्त रुपमा ढौनियालाई प्रतिनिधिको रुपमा सिफारिस गरेको हो ।
ढौनियाको कार्यकाल आउँदो डिसेम्बर, २०२१ अन्त्यसम्म रहने छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ