बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आँसु झार्दै बिपनाले गुनासो गरिन्, ‘१४ वर्ष मलाई कसैले सम्झिएन’

आइतबार, ०१ चैत २०७७, १२ : ४०
आइतबार, ०१ चैत २०७७

काठमाडौंँ । अभिनेत्री विपना थापा अहिले नेपालमा छिन् । पारिवारिक भेटघाटको सिलसिलामा उनी नेपाल आएकी हुन् । करिव एक सय बढी फिल्म अभिनय गरेकी उनी विवाहपछि फिल्म अभिनयबाट टाढा भएकी हुन् ।

नेपाल आएको अवसर परेकोले पनि उनी शनिबार आयोजित ‘१० औं नेफ्टा अवार्ड’मा सहभागी भएकी छन् । आयोजकले उनलाई अवार्ड समारोहमा सहभागीका निम्तो दिएको थियो ।

कार्यक्रममा अभिनेत्री विपनाले १४ बर्षसम्म आफुलाई फिल्म क्षेत्रले नसम्झिएको गुनासो गरिन् । ‘१४ बर्षसम्म कसैले मलाई सम्झिएन’ विपनाले कार्यक्रममा भनिन् ‘ आज सम्झँदा निकै नै खुशी लागेको छ ।’ विपनाले आँखाभरी आसु पार्दै थपिन् ‘सायद म नेपालमा नभएर पनि  मेरो सम्झना गरिएन ।’

अभिनेत्री थापाले छिट्टै नेपाली फिल्म अभिनय गर्न लागेको समेत उक्त अवसर बताइन् । उनले भनिन्, ‘कोरोना अगाडि नै फिल्म गर्ने कुरो थियो । तर त्यो हुन सकेन । अव छिट्टै फिल्म पनि खेल्दैछु । थापाले आफुले अभिनय गर्ने फिल्मको बारेमा भने उनले केही पनि बताइनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप