शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेफ्टा अवार्डमा ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ को वर्चश्व

निर्देशकमा दीपा, नायक–नायिकामा विपिन र मेनुका उत्कृष्ट
आइतबार, ०१ चैत २०७७, ११ : ०५
आइतबार, ०१ चैत २०७७

काठमाडौंँ । ‘१० औं नेफ्टा अवार्ड’ शनिबार बाँडिएको छ । होटल सोल्टीमा अबेर राती सम्पन्न कार्यक्रममा अभिनेता विपिन कार्की र अभिनेत्री मेनुका प्रधान उत्कृष्ट घोषित भए । विपिनले फिल्म ‘प्रसाद’बाट उत्कृष्ट अवार्ड हात पर्दा मेनुकाले ‘साइँली’बाट उत्कृष्ट ठहरिइन् ।

भव्य समारोह बीच आयोजित कार्यक्रममा उत्कृष्ट फिल्म भने ‘छक्का पञ्जा ३’ हुन सफल भयो । सोही अवसरमा ‘छक्का पञ्जा ३’ र प्रसाद’ले ६–६ विधामा अवार्ड जित्न सफल भयो ।

साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमल्सिनालाई ५१ हजार १११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको कार्यक्रममा ‘छक्का पञ्जा ३’बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकसमेत हात पारिन् । अभिनेता अनमोल केसी र साम्राज्ञी आरएल शाहले पपुलर अवार्ड हात परेको अवार्ड समारोहमा फिल्म ‘हरि’लाई जुरी अवार्ड दिइयो ।

नयाँ तथा पुराना केही कलाकारको नृत्यको प्रस्तुति रहेको कार्यक्रम कोरोनाले सेलाएको उद्योग चलायमान गराउने उदेश्यले रहेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनको समेत सहभागिता रहेको कार्यक्रममा पछिल्लो समय चलेका कलाकारको उपस्थिति भने न्यून रहेको थियो ।

यस्तो छ अवार्ड पाउनेको सूची

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)

कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)

कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)

ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियो)

ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियो)

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)

संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)

एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)

गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)

गायिका : समिक्षा अधिकारी (नाइँ नभन्नू ल ३)

कथा : छक्का पञ्जा ३

पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)

संवाद : सुशिल पौडेल (प्रसाद)

ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)

भीएफएक्स : रोमियो एन्ड मुना

रङ संयोजन : अर्जुन कार्की (हरी)

आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)

सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)

सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियो)

अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)

अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)

द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)

नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)

डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)

डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)

डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाण्डुं)

सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)

छायांकार : चिन्तनराज भण्डारी (हरी)

पपुलर अभिनेत्री : साम्राज्ञी शाह

पपुलर अभिनेता : अनमोल केसी

पपुलर फिल्म : छक्का पञ्जा ३

जुरी अवार्ड फिल्म : हरि

अभिनेता : विपिन कार्की (प्रसाद)

अभिनेत्री : मेनुका प्रधान (साइँली)

निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)

फिल्म : छक्का पञ्जा ३

 

तस्विहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप