बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा संघीयता आउनुमा मधेश आन्दोलनको मुख्य भूमिका छ : मुख्यमन्त्री राउत

शनिबार, २९ फागुन २०७७, २० : ०७
शनिबार, २९ फागुन २०७७

सुर्खेत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयता आउनुको मुख्य कारण मधेश आन्दोलन भएको बताएका छन् । संघीयताको लागि थुप्रै मधेशका व्यक्तिहरुले ज्यानको बलिदानी दिएको बताउँदै उनले संघीयताको कार्यान्वयन सहि तरिकाले नभएको बताए ।

कर्णाली उत्सव कुडा कर्णालीको शनिबार अन्तिम दिन ‘मुख्य मान्ठ मुल कुडा’ विषयमा वक्ताको रुपमा कर्णाली आएका मुख्यमन्त्री राउतले सिंहदरबारको प्रदेश २ र कर्णालीलाई  हेर्ने दृष्टिकोण फरक रहेको टिप्पणी गरे । मुख्यमन्त्री राउतले पुरै समय केन्द्र सरकारको विरुद्धमा नै बोलेका थिए । केन्द्र सरकारले हामीलाई हेपेको छ,’ उनले भने, ‘संघीयता जादुको क्षणी होइन् । सिस्टममा जाने वित्तिकै सबै काम पुरा हुन्छ भन्ने पनि हैन । हामी भर्खरै जन्मेको बच्चालाई हुर्काउँदैछौँ । संघीयता भनियो तर, अधिकार सबै संघीय सरकारको हातमा छ ।’

राउतले संघीयताको कार्यान्वयन गर्न सक्ने केन्द्रीकृत नेतृत्व नभएको बताए । संघीयताप्रतिको सोच जबसम्म परिवर्तन हुँदैन तबसम्म संघीयताको कार्यान्वयन हुन सक्तैन,’  उनले भने । अहिले सम्म संघीय सरकारका विरुद्ध ७/८ वटा मुद्धा दिएको जानकारी गराउँदै मुख्यमन्त्री रावतले त्यी सबै संघीयताको सबलीकरण अथवा कार्यान्वयनको पक्षमा भएको दावी गरे । 

'प्रदेशमा समस्या, कठिनाइहरू थुप्रै छन् । तर, सबै मुख्यमन्त्रीहरू आफ्ना समस्याका बारेमा केन्द्र सरकार समक्ष कुुरा राख्दैनन्, राउत भन्छन् , ‘अरु बन्द कोठाभित्र राख्छन् म कोठा बाहिर राख्छु । जहिले पनि आफू संविधानको पक्षमा छु ।' राउतले संविधानमा उल्लेख गरिएका सबै कुरा आफुहरु मान्न तयार रहेको पनि बताए ।

‘समानुपातिक समावेशीता छैन्,’ रावतले भने, ‘त्यस्ता धेरै घाउहरू छन् ।  चाहे नागरिकताकै विषय किन नहोस । हामी कुनै पनि विदेशी नागरिकलाई नागरिकता दिनुहोस् भनेर भन्दैनौँ । यो मुलुकमा अझै पनि कतिपय नागरिकले सहज रुपमा नागरिकता पाउन सकिरहेका छैनन् । तिनीहरुलाई त सहज रुपमा नागरिकता पाउने व्यवस्था हुनुप-यो ।'

राउतले नागरिकता नदिनु भनेको राष्ट्रिय अपराध भएको टिप्पणी गरे ।  मुख्यमन्त्री राउतले आफ्नो प्रदेशले सञ्चालनमा ल्याएका केही लोकप्रिय कार्यक्रमको बारेमा पनि चर्चा गरे । 

‘बेटी पढाउ र बेटी बचाउ’ कार्यक्रम निकै महत्वपुर्ण र सान्दर्भिक भएको तर्क राखे । चाहे धनी परिवार होस चाहे गरिव, जुनसुकै परिवारमा छोरी जन्मिने वित्तिकै  उसको नाममा ३ लाखको बीमा गरिदिन्छौँ,’ राउतले भने , ‘यो बर्ष अर्काे एउटा कार्यक्रम ल्याउँदै छौँ १० कक्षा पास भएका छोरीहरुलाई ल्याप्टव दिने । जसको मुख्य कारण अबको १५ बर्षमा प्रदेश २ का हरेक कार्यालयहरूमा महिला अफिसरहरू हुनेछन् ।’ 

आजको कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र २ नम्बर प्रदेशका मुख्यमन्त्रीबीच वहस हुने भनिएपनि कर्णालीका मुख्यमन्त्री भने कार्यक्रममा सहभागी भएनन् ।

कारणबस उनी पार्टीको कामका लागि काठमाडौँ गएको आयोजक समितिले बतायो । कार्यक्रमको सहजीकरण पत्रकार पत्रकार दिलभुषण पाठकले गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप