सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय बृद्ध पक्राउ

शनिबार, २९ फागुन २०७७, १७ : १२
शनिबार, २९ फागुन २०७७

मोरङ। ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् ।  मोरङको रतुवामाई नगरपालिका–४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मुखियाले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप