जोन्सन एन्ड जोन्सनको खोपलाई डब्ल्युएचओले दियो अनुमति
विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले अमेरिकी औषधी कम्पनी जोन्सन एन्ड जोन्सनको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । अन्य खोपहरू दुई डोज लगाउनुपर्ने भएपनि यो खोप एकैपटक लगाए पुुग्छ ।
डब्ल्युएचओको अनुमतिपछि अब अन्तर्राष्ट्रिय कोभ्याक्स अभियानअन्तर्गत गरिब देशहरुमा यो खोपलाई पठाउने बाटो खुलेको छ ।
विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ११ करोड ९७ लाख नाघिसकेको छ । यद्यपी, निको हुनेको संख्या पनि पछिल्लो समय बढेको छ । अहिलेसम्म ९ करोड ६३ लाखभन्दा धेरै व्यक्ति निको भइसकेका छन् । सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । यहाँ, संक्रमितको संख्या २ करोड ९९ लाख ९३ हजार ४ सय २३ छ । त्यस्तै, ब्राजिलमा कुुल संक्रमितको संख्या १ करोड १३ लाख ६८ हजार ३ सय १६ छ । भारतमा कुल संक्रमित १ करोड १३ लाख ३३ हजार ४ सय ९१ जना छन् ।
पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८५ हजार कोरोनाका बिरामी भेटिएका छन् र यसमध्ये ९ जनाभन्दा धेरैको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ