'माधव नेपालहरु पेरिसडाँडाबाट रुवावासी गर्दै बिदा भएर होटलमा एक दुुई रात बास बसेको सुनियो'
प्रधानमन्त्री केपी ओलीले देश बनाउने र पार्टी चलाउने अभियानमा लाग्न माधव नेपाल र झलनाथ खनाललाई आग्रह गरेका छन् । नेपाल र खनालको नाम नलिई उनले भने,‘केही साथीहरु केपी ओलीलाई ठेगान लगाउन एमाले फर्कन्छौं भनिरहनु भएको छ, म भन्छुु – खुट्टी देख्दै चाल पाइयो । देश बनाउन, पार्टी चलाउन, काम गर्न आउनुस्, सच्चिएर आउनुस्, स्वागत छ । केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने तपाईको खुट्टामा बाटोमै ठेस लाग्छ ।’
दुुई तिहाई बहुमत प्राप्त पार्टी भत्काएर टालाटुलीको सरकार बनाउन केही व्यक्तिहरु कुदेका कारण आजको अवस्था निम्तिएको उनले बताए । माधव नेपालमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘बाटो–बाटोमा अध्यक्षको पकडी बाँधेर हिंड्ने ?
मलाई त पार्टीको अध्यक्षमात्रै होइन । साधारण सदस्यबाटै निकालेका थिए । यिनीहरुले सकेदेखि के गर्ने रहेछन् ?’ अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको भेलामा ओलीले भने ।
बैठकमा उपस्थित नभए माधव नेपाललाई विधानअनुसार कारबाही गर्ने चेतावनी पनि उनले दिए । ‘केही साथीहरु पेरिस डाँडाबाट रुवावासी गर्दै बिदाबारी भएर हिंड्नुुभएको थियो रे । अर्याल होटलमा एक दुुई रात बास बस्नुभएको भन्ने सुनियो । प्रशस्त समय रहोस् भने चैत ७ गते बैठक बोलाएको छुु, टेलिभिजनबाटै बोलेपछि सुनिन भन्न पाइने छैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छुु । केन्द्रीय कमिटीका सदस्यहरु आउनु होला । अनुुपस्थित रहदैं जानुुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’
नरम तकियामा बसेर अर्कैका लागि कम्फर्टेबल सरकार बनाइदिने प्रचण्डको सपना असफल भएको आरोप ओलीले लगाए । ‘उहाँहरुको उद्देश्य अर्कै छ । कुर्सीबाट फ्याकिदिएर कुर्सीमा देश बर्बाद पारुला भन्ने, अरु कसैका लागि कम्फर्टेबल सरकार बनाइदिउँला भन्ने छ । कस्तो आरामदायी नरम तकियामा कस्तो सपना देख्नुु भएको रहेछ,’ ओलीले भने,‘ यो पार्टी बर्बाद गर्न सजिलो रहेनछ । अब कम्युनिष्ट पार्टीका कार्यकर्ता बिर्गान सजिलो रहेनछ भन्ने बल्ल बुझ्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय