शून्यमा सबैभन्दा धेरै आउट हुने भारतीय कप्तान बने विराट

इङ्ल्याण्डबिरुद्धको ५ खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा भारत ८ विकेटले पराजित भएको छ । इङ्ल्याण्डले ब्याटिङ र बलिङ दुवैमा भारतभन्दा राम्रो प्रदर्शन गरेको थियो । यस खेलका दौरान अनेकौँ रेकर्ड बनेका छन् ।
शून्यमा धेरै पटक आउट हुने कप्तान
विराट कोहली शुक्रबारको खेलमा कुनै रन नबनाइ आउट भए । कप्तानका रुपमा अन्तर्राष्ट्रिय खेलहरुमा उनी शून्यमा आउट भएको यो १४ औँ पटक थियो । योसँगै उनी शून्य रनमा सबैभन्दा धेरै पटक आउट हुने भारतीय कप्तान बनेका छन् । यसअघि सौरव गाङ्गुली सर्वाधिक १३ पटक शून्य रनमा आउट भएका थिए । महेन्द्र सिंह धोनी कप्तानका रुपमा ११ पटक बिना कुनै रन बनाइ आउट भएका थिए भने कपिल देव १० पटक शून्य रनमा आउट भएका थिए ।
कोहली आफ्ना पछिल्ला ५ अन्तर्राष्ट्रिय खेलमध्ये तीनमा शून्यमा आउट भएका छन् । यसअघि इङ्ल्याण्डबिरुद्धको टेस्ट शृङ्खलाको अन्तिम चार पारीमा उनको स्कोर ०, ६२, २७, ० रहेको थियो ।
उता, यस खेलमा जीत हासिल गर्दै भारतबिरुद्ध हारभन्दा बढी जीत हासिल गर्ने इङ्ल्याण्ड एकमात्र टी–२० टोली बनेको छ । यो भारत र इङ्ल्याण्डबीचको १५ औँ टी–२० खेल थियो । यसमध्ये इङ्ल्याण्डले ८ मा जीत र ७ मा हारको सामना गर्नुपरेको छ । न्यूजिल्याण्डको नाममा प्राविधिकरुपमा भारतविरुद्ध ८ जीत र ६ हारको रेकर्ड छ । तर, यसबीच दुई खेल बराबरी हुँदा भारतले त्यसमा सुपर ओभरमा दुवै खेलमा जीत हासिल गरेको थियो । त्यसकारण दुई टोलीबीच हार र जीतमा ८–८ को बराबरी रहेको छ ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा