बिबिसीका पूर्व पत्रकार सुशील शर्माको निधन
शुक्रबार, २८ फागुन २०७७, १७ : १६
बिबिसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको ६३ बर्षको उमेरमा निधन भएको छ । शुक्रबार काठमाडौंको एक अस्पतालमा मृगौला सम्बन्धी रोगका कारण शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही समयदेखि मृगौला रोगबाट पीडित शर्माको शरीरका विभिन्न अंगहरुले काम गर्न छोडेपछि निधन भएको जनाइएको छ । शर्माका परिवारमा एक छोरा र श्रीमती छन् ।
डेढ दशक बिबिसी नेपाली सेवामा काम गरेका उनले सन् २०११ मा वरिष्ठ संवाददाताबाट राजीनामा दिएका थिए । बिबिसीभन्दा अगाडि उनले द राइजिङ नेपाल, काठमाडौं पोष्ट लगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु गुणस्तरीय हुन्छ : मन्त्री अधिकारी
-
जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका
-
नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता
-
नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह