ओली सरकारलाई हटाएर काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नु हाम्रो मुख्य ध्येय हो : शशांक कोइराला
शुक्रबार, २८ फागुन २०७७, १७ : ०६
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् ।
शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताए ।
यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि बताए । उनले भने, ‘नेपाली काँग्रेस पर्ख र हेर अवस्थामा छ । आज पनि मधेशी पार्टीहरुसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली काँग्रेसले गरोस् भन्ने मनशाय हाम्रो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो