बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गणतान्त्रिक देशका सेरेमोनियल राजा ज्युलेटिनीको निधन

शुक्रबार, २८ फागुन २०७७, १६ : ०३
शुक्रबार, २८ फागुन २०७७

राजा गुडविल ज्युलेटिनीको ७२ वर्षको उमेरमा निधन भएको छ । ज्युलेटिनी दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो आदिवासी समूह जुलुका राजा तथा प्रभावशाली परम्परागत शासक हुन् । 

उनी लामो समयदेखि डाइबेटिजको समस्याबाट ग्रसित थिए र गत साता अस्पताल भर्ना भएका थिए । त्यस्तै, राजाका प्रधानमन्त्रीले दक्षिण अफ्रिकी जनताले  निरन्तरको समर्थन र कठिन समयमा गरेको प्रार्थनाका लागि धन्यवाद दिएका थिए । 
दक्षिण अफ्रिकाको गणतान्त्रिक संविधानअन्तर्गतको परम्परागत नेतृत्वको प्रावधानअनुसार ज्युलेटिनीले जुलु राज्यको राजा थिए, यद्यपी उनको भूमिका सेरेमोनियल थियो । 

१ करोड १० लाख (कुल जनसंख्याको १८ प्रतिशत) जुलु दक्षिण अफ्रिकामा बस्छन् र ईसीजुलु भाषा ठूलो संख्यामा दक्षिण अफ्रिकीहरुले बोल्छन् । 

१९६८ मा बाबुको निधनपछि २० वर्षको उमेरमै ज्युलेटिनीले राजा बनेका थिए । यद्यपी, हत्याको धम्की आएपछि उनी तीन वर्षसम्म लुकेर बसे, जसकारण १९७१ सम्म उनले राज्यभिषेक गर्न पाएनन् । तेस्रो लिंगीबारेको दृष्टीकोण र महिलाहरुप्रति उनले गरेका व्यवहार विवादास्पद  थिए ।

२०१६ मा अलजजिरालाई दिएको अन्तर्वार्ताका दौरान उनले एचआईभी÷एड्सको महामारी सुरु हुन अगावै भगवानले यसबारे आफुलाई चेतावनी दिएको दाबी गरेका थिए । यही धम्कीका कारण आफुले रेड डान्स परम्परालाई ब्यूँताएको उनको दाबी थियो । रेड डान्स परम्परामा हजारौं युवतीहरूले उनका लागि नृत्य गर्छन् । यस परम्परामार्फत उनीहरुलाई एकत्रित गरेर एचआईभी÷एड्सबारे सावधान गराएको उनको दाबी थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप