ह्वावे थाइल्यान्डलाई प्रतिष्ठित अवार्ड
थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को ‘विशेष प्रधानमन्त्री पुरस्कार’ प्रदान गरेका छन् ।
यो पुरस्कार २१ बर्ष अघि ह्वावे थाइल्यान्ड स्थापना भई थाई समाजलाई यसको महत्वपूर्ण सहयोग र उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने यसको प्रयासको लागि दिइएको बताइएको छ ।
डिजिटल इकोनोमी प्रमोशन एजेन्सीका अध्यक्ष नट्टापोन निम्मानफटचरिनले पुरस्कार समारोहमा भने, “ ह्वावेसँगको हाम्रो सहकार्यले देशको विकासमा योगदान पु¥याउँछ । प्रविधि मार्फत प्राकृतिक प्रकोप, सुरक्षा खतराहरू, स्वास्थ्य संकट लगायत आपतकालिन रेस्पोन्सको लागि प्रयोग गर्दा पनि महत्त्वपूर्ण छ । “
प्रयुतले सो क्रममा सरकारले ५जी र एआई प्रणालीको विकासमा जोड दिने बताउँदै आजको सफलताले देशका लागि व्यवसायका अवसरहरू सिर्जना गर्ने आशा व्यक्त गरे ।