सामसङको नयाँ रेफ्रिजेनेरेटर नेपालमा, जसले सहजै दही बनाउँछ
इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा Curd Maestro™ रेफ्रिजेनेरेटर बजारमा ल्याएको छ । यस रेफ्रिजेनेरेटर खानेकुरालाई सुरक्षित मात्र नभइ आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन समेत सकिन्छ ।
यो फ्रिजले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्नेछ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण सुरु गरिएको कम्पनीले जनाएको छ ।
‘फ्रिजबाट कन्टेनरलाई झिक्नुहोस्, त्यसमा मनतातो दुध राख्नुहोस् र केही कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई राख्नुहोस् । यस पछि कर्ड अप्सनलाई छनौट गर्नुहोस् । रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसबाट जस्तोसुकै मौसममा पनि एकनासको दही बनाउन सकिने छ । यो रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य . ६३,९९० देखि ७८,९९० रुपैयाँसम्म तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत