दलभित्र व्यक्ति हावी हुने कुरा नै प्रमुख समस्या : नेतालाई पुज्ने, नेतृत्वको देवत्वकरण गर्ने परिपाटी बस्यो
छनौट गरिएको विषय ‘दलतन्त्रमा रुपान्तरण कसरी ?’ अन्त्यन्तै समय सान्दर्भिक र जरुरी छ । दलको कार्यकर्ता तथा सामाजिक रुपान्तरणमा संलग्न व्यक्तिको हिसाबले सुनेरै भएपनि लाभ प्राप्त गरौं भनेर यो कार्यक्रममा आएको हुँ । हिजो यस कार्यक्रमका लागि निमन्त्रण आउँदा म अर्को एक कार्यक्रममा भएकाले मैले यस विषयमा धेरै तयारी गर्ने अवसर पनि पाइँन र बोल्नका लागि नभएर सुन्नका लागि मात्रै उपस्थित भएको हुँ भनेर आयोजकलाई जानकारी गराएको थिएँ । यद्यपि, बोल्न नसक्ने र नमिल्ने भन्ने कुरा होइन । त्यसैले सुन्नकै लागि आएको भएपनि म अब केही कुरा राख्न खोज्दैछु ।
धेरै महत्वपूर्ण कुराहरु आइसकेको छ । मलाई लागेको लोकको तन्त्र हुनुपर्नेमा दलको तन्त्र भयो । दलको तन्त्रभित्र पनि गुट, उपगुट, सहगुटको तन्त्र चाहिँ हाबी भयो । अहिलेको यो समस्या यो हो भन्ने लाग्दछ ।
यसो हुुनुमा नेताका नेताभित्रको चिन्तन के छ, चिना हेरेर हिजो जन्मने बेलामा के–कस्तो स्थिति थियो र ज्योतिषहरुलाई हेराएर शासनमा आफ्नो भविष्य अझै छ भनेर देख्ने सामन्तवादी र रुढीवादी चिन्तन प्रणालीले यो समस्या आएको हो भन्ने लाग्दछ ।
दलभित्र लोकतन्त्रीकरण नभएकै कारण यो समस्या देखिएको हो भन्ने मेरो ठहर छ । त्यहाँ आन्तरिक लोकतन्त्रको कुनै पनि अभ्यास हुनै सकेन । कहीँ कतै ती विभेदका बारे विभेद बोल्यो वा एउटा अग्रगामी छलाङ मार्नुपर्दछ भन्ने एजेन्डा राख्यो भने यो वा त्यो किसिमबाट कोपभाजनमा पर्ने स्थिति रह्यो ।
दलभित्र लोकतन्त्रीकरण नभएकै कारण यो समस्या देखिएको हो भन्ने मेरो ठहर छ । म एउटा जनवर्गीय संगठनको प्रमुख भएर काम गर्दा त्यहाँ सापेक्षिक स्वायत्तताको धेरै कुरा उठे । तर पार्टीमा ती कुरा उठाउँदा धेरै कुरा यहाँ नगरौं भनियो । त्यहाँ आन्तरिक लोकतन्त्रको कुनै पनि अभ्यास हुनै सकेन । कहीँ कतै ती विभेदका बारे विभेद बोल्यो वा एउटा अग्रगामी छलाङ मार्नुपर्दछ भन्ने एजेन्डा राख्यो भने यो वा त्यो किसिमबाट कोपभाजनमा पर्ने स्थिति रह्यो । बादशाहको नयाँ लुगाको कथाजस्तो नेताले जे गरेपनि सही ग¥यो भन्नुपर्ने खालको संस्कार र संस्कृति हाबी भयो । त्यो नै अहिलेको हाम्रो प्रमुख समस्या हो ।
अहिलेको अवस्थामा दलहरुको विकल्प हाम्रोमा छैन । भोलि होला । तर यो दललाई नै कसरी लोकतन्त्रीकरण गर्ने ? दलभित्र अहिले पैदा भएका समस्याहरुमध्ये प्रमुख नै व्यक्ति हाबी हुने छ । व्यक्तिमा पनि अब आफूलाई अर्कै ठान्ने, संविधानमा भएकै कुरालाई अपव्याख्या गर्ने,नमान्ने भनेपछि दलको विधान, त्यसभित्र भएका नीति कार्यक्रमहरु विधिहरु मान्ने त सवाल नै भएन । आफ्नो अनुकूलतामा त्यसलाई व्याख्या गर्ने जुन पारिपार्टी बसेको छ, त्यसमा यो वा त्यो किसिमबाट हामी पनि जिम्मेवार छौं भन्ने मलाई लाग्दछ ।
हामीले त्यसको डटेर वा संगठित किसिमबाट मुकाविला गर्न सकेनौं । घनश्यामजी, हामीजस्ता मानिसहरु चारतिर पो फर्कियौं कि ? आत्मसमीक्षा गर्ने बेला आएको छ भन्ने मलाई लाग्दछ ।
हामीले बोल्ने बेलामा एउटा कुरा भनिरहेका हुन्छौं, तर कुनै न कुनै किसिमबाट हामीमा पनि नेतालाई पुज्ने, नेतृत्वको देवत्वकरण गर्ने परिपाटी हावी भयो । साथासाथै, हामीले राजनीतिक उपरी संरचनामा परिवर्तन त गर्यौं तर आर्थिक, सामाजिकरुपान्तरण गर्न सकेनौं । राज्य संयन्त्रका मूल अवयवहरु, राज्य संयन्त्रलाई टिकाउने मुख्य खम्बा– प्रहरी, सेना, न्यायालयलाई रुपान्तरण गर्नसकेनौं ।
पार्टीकै मान्छेहरुले पनि दह्रोसँग ब्याकअप हुनुपर्यो । तपाईहरुले केही कुरा यसरी बोल्यो र फलानोले विरोध गर्याे भन्दाखेरी ब्याकिङ नै नभइदिने पछाडिबाट । यो गुनासो गर्ने थलो त होइन, तर यो खालको एकले अर्कोलाई मद्दत गर्ने संयन्त्रहरु हामीले निर्माण गर्नु जरुरी छ ।
त्यसैले अहिलेको स्थितिको लागि हामी आफैं पनि कुनै न कुनै किसिमबाट जिम्मेवार छौं कि भन्ने लाग्छ । म व्यक्तिगत रुपमा पनि आफ्नो जिम्मेवारी कबुल गर्छु । समग्रमा एउटा सचेत नागरिकको हिसाबले र पार्टीको जिम्मेवार व्यक्तिको हिसाबले त्यो दोष लिनु पर्दछ भन्ने लाग्दछ । त्यो गर्न नसकेको र अहिलेकै भएको संरचनामा नै दलहरुलाई हिँडाउने काम गर्न सकिएको छैन । दोषपूर्ण दलतन्त्रमा रुपान्तरण कसरी गर्ने भन्ने सन्दर्भमा एउटा कुरा सान्दर्भिक होला भनेर म राज्यव्यवस्था त सुशासन समितिको सभापति हुँदाको अनुभव बताउन चाहन्छु । त्यहाँ कसरी विधेयकहरु आउँछन् वा त्यो विधेयकभित्र के कुराहरु छन् भन्नेबारे त्यो विधेयक ल्याउने मन्त्रालय वा संस्थालाई नै थाहा छैन । मुलुक संविधानसभाबाट संविधान जारी भएर संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ, तर पञ्चायती कालरात्रीमा भएका विधेयकहरु आउने गर्छन् । यस्ता धेरै कुराहरु छन् ।
वास्तवमा, समस्याका चुरो कारणमा हामीले हान्न र समग्रमा रुपान्तरण गर्न सकेनौं । दलका नेताहरुलाई पनि र सरकारका प्रमुखहरुलाई पनि निकायलाई समेत प्रत्याव्हानको व्यवस्था गर्न सकेनौं, हामी दह्रो बन्न सकेनौं ।
नागरिक समाजले पनि यस्तो संकट आएको बेलामा मात्रै बोल्ने होइन, निरन्तर खबरदारी गर्न सकेनौं भने, पार्टीकै मान्छेहरुले पनि दह्रोसँग ब्याकअप हुनुपर्यो । तपाईहरुले केही कुरा यसरी बोल्यो र फलानोले विरोध गर्याे भन्दाखेरी ब्याकिङ नै नभइदिने पछाडिबाट । यो गुनासो गर्ने थलो त होइन, तर यो खालको एकले अर्कोलाई मद्दत गर्ने संयन्त्रहरु हामीले निर्माण गर्नु जरुरी छ । सबैभन्दा ठूलो कुरा मुलुकमा लोकतन्त्र हो, व्यवस्था हो, जनमुखी व्यवस्था हो । जनमुखी व्यवस्थालाई टिकाउनका लागि आवश्यक पर्ने संयन्त्र र अवयवहरुलाई कसरी दरिलो बनाउने भन्ने कुरामा अंतरंग छलफल गर्ने, बहस गर्ने र एकको अर्को सहयोगी भएर गएको खण्डमा र त्यसलाई पृष्ठपोषण गर्न सकेमात्रै खण्डमा मात्रै वर्तमानमा रहेको दोषपूर्ण लोकतन्त्रलाई रुपान्तरण गर्नसक्छौं भन्ने लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?