शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

फिल्म क्षेत्र चलायमानको पहल आफैले थाल्नुपर्छः निश्चल बस्नेत

शुक्रबार, २८ फागुन २०७७, ११ : ५८
शुक्रबार, २८ फागुन २०७७

काठमाडौंँ । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले चलचित्र विकास बोर्डको कदम अहिले स्टुडियो निर्माणमा भन्दा पनि फिल्म क्षेत्र चलायमान गराउन तिर हुनुपर्ने बताएका छन् । ‘नेपालमा फिल्म सुटिङ स्टुडियो निर्माणको कुराहरु उठिरहेको छ,’ उनले भने ‘अहिलेको प्रथामिकता त्यो होइन, तत्काललाई त्यो थाती राखौं । फिल्म रिलिज वातावरण बनाऔँ । निर्मातालाई कसरी सजिलो हुन्छ । त्यो गरौँ ।’
उद्योग चलायमान हुन नसकेको तिर लक्षित गर्र्दै बस्नेतले थपे, ‘फिल्म क्षेत्र चलायमान भयो भने पो स्टुडियोमा गएर खिचौँला ।’

‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक कार्यक्रममा बस्नेतले हलमा नेपाली फिल्म रिलिजको वातावरणका लागि पहल गर्न चलचित्र, बिकास बोर्डलाई अनुरोध समेत गरेका थिए । 
कार्यक्रममा फिल्म क्षेत्रलाई चलायमान बनाउन चलचित्रकर्मीले पनि पहल थाल्नुपर्ने बताएका बस्नेतले सरकारको मात्र मुख हेरेर सबै बस्न नहुने उनको तर्क रहेको थियो ।

‘अहिले निर्माताहरु उद्योग चलायमान गराउन विदेशी फिल्म कुरेर बसेका छन् । निर्माताको कोणबाट त्यो पनि ठिक होला,’ उनले अगाडि थपे, ‘तर हाम्रो उद्योग चलायमान गराउन हलिउड वा बलिउडका फिल्म कुर्ने हो भने हामी सक्षम कहिले हुने ।’

कोरोना महामारीपछि अरु क्षेत्र सजिलै सामान्य अवस्थामा फर्किएको बताएका बस्नेतले हामीबाटै उद्योग चलायमानको पहल थालिनु पर्ने धारणा समेत सो अवसरमा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप